site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
२२ खर्ब ७३ अर्ब विदेशी विनिमय सञ्चिति, साढे १४ महिनाको आयात धान्ने

काठमाडौं । सरकारसँग २२ खर्ब ७३ अर्ब २६ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति रहेको छ । गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रहेको विदेशी विनिमय सञ्चिति ११.४ प्रतिशतले बढेको हो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा २० खर्ब ३३ अर्ब २७ करोड छ । बैंक तथा वित्तीय संस्थासँगको सञ्चिति २४.६ प्रतिशतले बढेर दुई खर्ब ४० अर्ब पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.८ प्रतिशत छ ।

आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको आयातलाई आधार मान्दा यस सञ्चितिले १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकले जनाएको छ ।

विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपात क्रमशः ३९.८ प्रतिशत, १२१.६ प्रतिशत र ३१.६ प्रतिशत छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १७:४२
प्रतिक्रिया दिनुहोस्