site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख ५२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १०:५०
प्रतिक्रिया दिनुहोस्