site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘लीलाध्वज थापा स्रष्टा सम्मान’ आलोकलाई प्रदान गरिने

काठमाडौं । लीलाध्वज थापा साहित्य प्रतिष्ठानले नेपाल स्रष्टा समाजका संरक्षक साहित्यकार पवन आलोकलाई ‘लीलाध्वज थापा स्रष्टा सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ ।

नेपाली भाषा साहित्यमा योगदान पुर्‍याएका आलोकको साहित्य सेवाको मूल्यांकन गर्दै नगद राशि १० हजारसहित सम्मान प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले जानकारी दिएका छन् ।

२०१४ सालको मदन पुरस्कार विजेता उपन्यासकार तथा कवि लीलाध्वज थापाको स्मृतिमा स्थापित लीलाध्वज थापा साहित्य प्रतिष्ठानले सर्जकहरूलाई पुरस्कृत र सम्मानित गर्दै आएको छ ।

 

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १९:१८
प्रतिक्रिया दिनुहोस्