site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । कुमारी बैंकले उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । यूएसएडसँगको साझेदारीमा ‘देशैँ भरी वर्षै भरी’ उद्यमशिलता विकास एवं प्रवर्द्धनका लागि नियमित रूपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरेको हो ।

बैंकले हात्तीगौडा शाखामार्फत बूढानीलकण्ठ–४ को समन्वयमा बूढानीलकण्ठमा महिला तथा युवा उद्यमशीलता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा दुई सयभन्दा बढी महिला तथा युवा उद्यमीहरूको सहभागिता रहेको थियो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र बूढानीलकण्ठ नगरपालिका–४ का अध्यक्ष श्रीराम केसीको उपस्थितिमा एकदिने उद्यमशीलता प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो ।

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १६:०७
प्रतिक्रिया दिनुहोस्