site stats
बाह्रखरी :: Baahrakhari
देश
बलात्कारको आरोपमा रुकुम पूर्वबाट एकजना पक्राउ

काठमाडौं । रुकुम पूर्वमा बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भुमे गाउँपालिका–७ स्थित लाभाङका २९ वर्षीय सुर्जे रोका मगर छन् ।

उनलाई आज बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । मगरमाथि ३२ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोप लागेको छ ।

प्रहरीका अनुसार, ती महिलालाई आइतबार बिहान बलात्कार गरेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १२:३५
प्रतिक्रिया दिनुहोस्