site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दुई हजारले बढ्यो सुनको मूल्य, चाँदी पनि उकालो

काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य दुई हजार रुपैयाँले बढेको छ । सुनको भाउ आज प्रतितोला एक लाख ५३ हजार ५०० रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ५१ हजार ५०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला एक हजार ८१० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १०:५१
प्रतिक्रिया दिनुहोस्