site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभाका नवनियुक्त सचिव हर्कराज राईले लिए शपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनियुक्त सचिव हर्कराज राईले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले सचिव राईलाई शपथ गराएका हुन् ।

सभामुखको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई सचिव पदमा नियुक्त गरेका थिए ।

शपथ कार्यक्रममा संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेलगायत अधिकारीहरूको उपस्थिति छ ।

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १२:४४
प्रतिक्रिया दिनुहोस्