site stats
बाह्रखरी :: Baahrakhari
देश
चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु, पाँच घाइते
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । अन्य पाँचजना घाइते भएका छन् ।

रत्ननगर नगरपालिका–१३ स्थित जयमँगलामा गैँडाको आक्रमणबाट ७० वर्षीया कृष्णाकुमारी थापाको उपचारको क्रममा निधन भएको हो ।

यस्तै, ७८ वर्षीय डम्मरबहादुर थापा, ७२ वर्षीय चेतनाथ चौलागाईं, ३९ वर्षीया सीता पोख्रेल, ६० वर्षीया मिना गुरुङ र  २५ वर्षीया पुजन बिक घाइते भएका छन् ।

उनीहरूको सरकारी अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १७:४५
प्रतिक्रिया दिनुहोस्