
काठमाडौं । पाकिस्तानको खुफिया एजेन्सी इन्टर सर्भिसेस इन्टेलिजेन्स (आईएसआई)का लागि काम गरेको आरोपमा भारतमा 'नेपाली मूलका एकजना पक्राउ' परेका छन् । पक्राउ पर्नेमा अन्सरुल मिलन अन्सारी छन् ।
उनलाई दिल्लीस्थित एक होटलबाट पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पहलगाम आक्रमणअघि उनी पाकिस्तानबाट नेपाल हुँदै भारत प्रवेश गरेको र फर्किने तयारीमा रहेको दाबी गरिएको छ ।
आउटलुकले भने अन्सारी नेपाली नागरिक पुष्टि भएको दाबी गरेको छ ।
सोधपुछका क्रममा अन्सारीले आफूलाई भारतीय सेनाका महत्त्वपूर्ण सैन्य कागजात पाकिस्तान पठाउन जिम्मेवारी दिएको खुलासा गरेको इन्डिया टुडेको समाचारमा उल्लेख छ ।
अन्सारीलाई सहयोग गरेको आरोपमा अख्लक आजम पनि पक्राउ परेका छन् । उनलाई राँचीबाट पक्राउ गरिएको हो ।
अन्सारीको साथबाट रिकभर गरिएका कागजातबाट उनले भारतीय सेनाका संवेदनशील सूचना प्राप्त गरेको पाइएको छ ।
अन्सारीले कतारमा ड्राइभरका रूपमा काम गरिरहेका बेला आईएसआई एजेन्टसँग सम्पर्क भएको स्रोतलाई उद्धृत गर्दै समाचारमा उल्लेख छ ।
इन्डिया टुडेबाट ।