site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य तोलामा एक हजारले घट्यो
फाइल तस्बिर ।

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा किनबेच भइरहेको छ । सोमबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख ५० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७६५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  ११:०२
प्रतिक्रिया दिनुहोस्