site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
ज्योति प्रतिष्ठानको कविता वाचन कार्यक्रम सम्पन्न 

काठमाडौं । ज्योति साहित्य प्रतिष्ठानले कविता वाचनको २१३औँ शृंखला सम्पन्न गरेको छ । 

काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कवि तुलसी दिवसलगायतले साहित्यिक पत्रकार रमा वलीलाई ‘साहित्यिक पत्रकारिता सम्मान’ प्रदान गरे । 

कार्यक्रममा कवि सुजाता अर्याललाई ‘स्रष्टा सम्मान’ तथा सुनिता अधिकारीलाई ‘प्रतिभा सम्मान’ प्रदान गरियो । कविता वाचन कार्यक्रममा कविहरू दिनेश शर्मा, राजबाबु श्रेष्ठ सागर, सुनिता अधिकारी, उमेश अवस्थी आदर्श, सिद्धनारायण आचार्य, सरिता बजगाईं, युगल नारायण पन्त, सुनिल ढुंगाना, इन्दिरा चापागाईं, सन्ध्या जोशी, रेणु घिमिरे, संगीता ठाकुर, युनिशा पोखरेल, इभाना अर्याल, सुजाता अर्याल, निर्मलरमण पराजुली, श्रीराम पाण्डे, राज रजकलगायतले कविता वाचन गरे । 

उक्त अवसरमा प्रमुख अतिथि दिवस, मणिराज सिंहलगायतले बोलेका थिए ।
 

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १५:३७
प्रतिक्रिया दिनुहोस्