site stats
बाह्रखरी :: Baahrakhari
देश
दुर्घटना न्यूनीकरण गर्न ‘टाइमकार्ड’

तुलसीपुर । दुर्घटना न्यूनीकरण गर्न पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ–नर्ती सडकमा समय सीमा (टाइम कार्ड) निर्धारण गरिएको छ । 

आजदेखि १५ किलोमिटर क्षेत्रमा टाइमकार्ड लागु भएको हो । जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय दाङलगायत सरोकारवाला कार्यालयको बैठकले यस्तो निर्णय गरेपछि आजदेखि टाइमकार्ड लागु भएको समन्वय समितिको प्रमुख अधिकारी कृष्णप्रसाद लम्सालले बतए । 

उनका अनुसार प्रतिघण्टा ४० किलोमिटरको गतिमा चलाउने गरी टाइमकार्ड लागु गरिएको हो ।  जिल्लामा पछिल्लो समय दुर्घटनाका जोखिम बढिरहेका छन् । रासस

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  ०८:४२
प्रतिक्रिया दिनुहोस्