site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य स्थिर, चाँदीको तोलामा १० रुपैयाँले बढ्यो
फाइल तस्बिर ।

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँ कायम छ । सोमबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्यमा भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलाको एक हजार ८०५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १०:४९
प्रतिक्रिया दिनुहोस्