site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यमा पराजुली र केसी नियुक्त

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणमा दुई सञ्चालक सदस्य नियुक्त गरेको छ । दुई सञ्चालक सदस्यको कार्यकाल मंगलबार (हिजो)देखि सकिएपछि बुधबार नयाँ सदस्य नियुक्त गरिएको हो ।

मन्त्रालयका प्रवक्ता चिरञ्जीवी चटौतका अनुसार, बलबहादुर पराजुली र लक्ष्मण केसीलाई प्राधिकरणको सञ्चालक समितिमा नियुक्त गरिएको छ ।

सञ्चालक समिति सदस्यद्वय भक्तबहादुर पुन र कपिल आचार्यको कार्यकाल मंगलबार सकिएको थियो  ।

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १४:५३
प्रतिक्रिया दिनुहोस्