site stats
बाह्रखरी :: Baahrakhari
देश
परालको कुन्युमा आगलागी, जलेर एकजनाको मृत्यु 
फाइल तस्बिर ।

काठमाडौं । इलाममा परालको कुन्युमा आगलागी हुँदा जलेर सोमबार एकजनाको मृत्यु भएको छ । 

माई नगरपालिका–२ रातेखाडीका ठकबहादुर लिम्बूको परालको कुन्युमा सोमबार राति आगलागी हुँदा देउमाई नगरपालिका–४ मंगलबारेका ४३ वर्षीय दीपक भन्ने तिलविक्रम शिवाको मृत्यु भएको हो ।

गम्भीर घाइते उनको प्रादेशिक अस्पताल भद्रपुर झापामा उपचारका क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।  

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्