site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विराटनगरमा ‘महानगर रोजगार मेला’ सुरु

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा सोमबारदेखि ‘महानगर रोजगार मेला’ सुरु भएको छ ।

विराटनगर–७ स्थित इको पार्कमा सुरु भएको मेलाको मेयर नागेश कोइरालाले उद्घाटन गरे । रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाहरूलाई जोड्ने उद्देश्यले मेलाको आयोजना गरिएको महानगरले जनाएको छ ।

विराटनगर महानगरपालिकाले बेरोजगार युवायुवतीलाई रोजगारीको अवसर प्रदान गर्न, युवा श्रम शक्ति र रोजगारदाताको बीचमा समन्वय गर्ने गरी रोजगार मेला आयोजना गरिएको महानगरका मेयर नागेश कोइरालाले बताए । दुईदिने मेलाबाट तीन सयभन्दा बढी युवायुवतीले रोजगारी  प्राप्त बताइएको छ ।

इनरुवा नगरपालिकाकी उपमेयर विनिताकुमार मेहता, महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, ३ का वासुबहादुर बस्नेत, १० का अर्जुन गिरी, १९ का श्याम घिमिरे लगायतको उपस्थितिमा भएको कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले नेपालमा दक्ष प्राविधिक नहुँदा भारतबाट कामदारहरू ल्याउनुपर्ने बाध्यता विद्यमान रहेको उल्लेख गरे ।

विराट व्यापार संघका उपाध्यक्ष शरद श्रेष्ठ, नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौला लगायतले घरेलु तथा साना उद्योगमा युवा तथा किशोरीहरूले रोजगार प्राप्त गर्दै आएको बताए । ३० वटा स्टल रहेको मेलामा आफ्नो दक्षता र सीपको आधारमा रोजगारदाताले युवा जनशक्तिसँग परामर्श गर्ने महानगरले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १८:२७
प्रतिक्रिया दिनुहोस्