site stats
बाह्रखरी :: Baahrakhari
खेल
जनकपुरविरुद्ध चितवनले पहिले ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा टस जितेर चितवनका कप्तान कुशल मल्लले सुरुमा ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

तालिकाको चौथो स्थानमा रहेको चितवनलाई पनि प्लेअफ सम्भावना जीवित राख्न आजको खेल महत्त्वपूर्ण छ । अंक तालिकाको पहिलो स्थानमा रहेको जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १२:४७
प्रतिक्रिया दिनुहोस्