site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य शुक्रबार १२०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुनको मूल्य प्रतितोला एक लाख ५४ हजार २०० रुपैयाँ थियो ।

चाँदी शुक्रबार प्रतितोला ६५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ९२५ रुपैयाँ थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  ११:२९
प्रतिक्रिया दिनुहोस्