site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार (हिजो) पनि छापावाल सुन यही मूल्यमा खरिद–बिक्री भएको थियो । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको थियो ।

यस्तै, चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार पनि चाँदी यही मूल्यमा खरिद–बिक्री भएको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १०:५३
प्रतिक्रिया दिनुहोस्