site stats
बाह्रखरी :: Baahrakhari
खेल
पोखरा र विराटनगर भिड्दा काठमाडौंले जनकपुरको सामना गर्ने 
फाइल तस्बिर ।

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदै छन् । 

पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच हुनेछ । दोस्रो खेलमा काठमाडौं गुर्खाज्  र जनकपुर बोल्ट्सबीच हुनेछ ।

हालसम्म काठमाडौंले दुई खेल जितेको छ भने पाँच खेलमा स्पर्धा गरेको जनकपुर चार खेलमा विजयी भएको छ । 

पहिलो खेल ९ः१५ र दोस्रो खेल १ः१५ बजे हुनेछ । रासस

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  ०७:३१
प्रतिक्रिया दिनुहोस्