site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
चर्चा कमाउनका लागि मात्रै निर्णय नगरौँ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चर्चा कमाउनका लागि निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चर्चाका लागि गरिने निर्णयले क्षणिक फाइदा मात्रै हुने र नतिजा आउन नसक्ने उल्लेख गरे । उनले वैदेशिक रोजगारीमा फ्रि भिसा, फ्रि टिकटको नारा चर्चा कमाउनका लागि मात्रै लगाइएको बताए ।

फ्रि भिसा र फ्रि टिकटका लागि नेपाल मात्रै नभइ पाकिस्तान र बंगदलादेशलाई पनि रहेको भन्दै कम मात्रै फ्रि टिकट र फ्रि भिसाअन्तर्गत श्रमिक पठाउन सकिने बताए । वास्तविकतामा टेकेर गरिने निर्णय नै दीर्घकालीन र फलदायी हुने उनको भनाइ थियो ।

उनले भने, "मैले वैदेशिक रोजगारीको कुरा गर्न चाहेँ, फ्रि भिसा, फ्रि टिकट भनिएको छ । यो भनेर मात्रै हुँदैन, मेरो आग्रह के हो भने कहिलेकाहीँ पपुलर नाराको लागि हामीले वास्तविक अवस्थाभन्दा पनि फरक प्रकृतिको डिसिजन गरिरहेका छौँ । म मन्त्रीज्यूलाई के आग्रह गर्न चाहन्छु भने पपुलर डिसिजनभन्दा पनि रियल डिसिजन राम्रो हुन्छ, त्यसबाट रिजल्ट आउने हिसाबको डिसिजन गर्नुपर्छ भन्ने मलाई लाग्छ ।"

अध्यक्ष ढकालले सरकारबाट दिइने तालिमहरूले सीपयुक्त जनशक्ति तयार हुनुपर्ने बताए ।

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  २३:०८
प्रतिक्रिया दिनुहोस्