site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
‘प्राधिकरणका अध्यक्ष सिलवाललाई मैले पहिल्यै राजीनामा दिनुस् भनेको थिएँ’  

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले बिमा प्राधिकरणका अध्यक्षमाथि पहिल्यै प्रश्न उठेको बताएका छन् । बुधबारको अर्थ समितिको बैठकमा बोल्दै उनले सिलवाललाई पहिल्यै राजीनामा दिन आग्रह गरेको बताए । 

“म अर्थमन्त्री हुँदा नै राजीनामा दिनुहोस् भनेको हुँ । तर, उहाँले म स्वतन्त्र नियामक निकाय हुँ भनेर दिन्न भन्नुभयो,” उनले भने, “अहिले अख्तियारमा मुद्दा धाउनुपर्ने स्थिति आयो । यस्ता मान्छे नियामकको प्रमुख बनाएर निजी क्षेत्रको मनोबल उच्च हुँदैन ।”
 

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १३:२०
प्रतिक्रिया दिनुहोस्