site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सेयर बजारमा निरन्तर गिरावट

काठमाडौं । सेयर बजार परिसूचक नेप्से मंगलबार ६ अंकले घटेको छ । अघिल्लो कारोबारको दिन (सोमबार) १२ अंक घटेको बजार आज ६.३२ अंकले घटेको हो ।

बजारसँगै कारोबार रकम पनि घटेको छ । सोमबार पाँच अर्ब ६२ करोड कारोबार भएको बजारमा आज एक अर्ब २१ करोड रकम घटेर चार अर्ब ४१ करोडमा झरेको छ ।

आज जोशी हाइड्रो, खानीखोला हाइड्रो, गणपति लघुवित्त, उपकार लघुवित्त, महिला लघुवित्तलगायत कम्पनीले उच्च नाफा कमाए ।

बजार घट्दा ८५ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १४८ कम्पनीको सेयरमूल्य घटेको छ ।

समूहगत उपसूचकतर्फ होटेल तथा पर्यटन, म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ, माइक्रो फाइनान्स र ट्रेडिङ इन्डेक्सको सेयरमूल्य बढ्दा बाँकी समूहका सेयरमूल्य घटेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १५:२०
प्रतिक्रिया दिनुहोस्