site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रवि लामिछानेमाथिको अनुसन्धान प्रभावित गर्ने काम भइरहेको छ : गृहमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथिको अनुसन्धानलाई प्रभावित गर्ने काम भइरहेको बताएका छन् । मंगलबार सुर्खेतमा पत्रकारहरूसँगको कुराकानीका क्रममा लेखकले सहकारी प्रकरणमा अनुसन्धान हुँदै गर्दा प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालय घेर्ने काम भएको बताए ।

उनले सबैको मानव अधिकारको प्रश्नमा सरकार गम्भीर रहेको पनि दाबी गरे । लामिछानेमाथि न्यायपूर्ण ढंगले अनुसन्धान भइरहेको उनको दाबी छ ।

उनले कुनै पनि कुरालाई अतिरञ्जनपूर्ण ढंगले प्रस्तुत गर्ने र भिड जम्मा गरेर अनुसन्धान प्रभावित गर्ने काम बेठिक भएको धारणा राखे ।

न्यायिक प्रक्रियालाई प्रभावित गर्ने ढंगले कसैले बोलेको गलत भएको अवस्थामा प्रमुख प्रतिपक्षी दलका नेताले यस्ता कुरामा बोल्नु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ ।

अर्को प्रसंगमा गृहमन्त्री लेखकले एमाले–कांग्रेसबीच सुमधुर सम्बन्ध रहेको र सहमति अनुसार नै वर्तमान सरकार अघि बढ्ने बताए ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १३:०८
प्रतिक्रिया दिनुहोस्