site stats
बाह्रखरी :: Baahrakhari
देश
रवि लामिछानेबारे बुझ्न मानवअधिकार आयोगले आईजीपी कुँवरलाई बोलायो
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बोलाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गएको बुधबार चितवनबाट रातारात पोखरा पुर्‍याएर मानवअधिकार उल्लंघन गरिएको भन्दै आयोगमा उजुरी परेको थियो । सोही उजुरीका विषयमा सोधपुछ गर्न आईजीपी कुँवरलाई बोलाइएको आयोगकी सदस्य डा. लिली थापाले जानकारी दिइन् ।

आईजीपी कुँवरलाई आजै आयोगमा बोलाइएको उनले बताइन् ।

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १२:३८
प्रतिक्रिया दिनुहोस्