site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीले अवलोकन गरे चिनियाँ कम्युनिस्ट पार्टीको संग्रहालय

काठमाडौं । चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ कम्युनिस्ट पार्टीको बेइजिङस्थित संग्रहालयको अवलोकन गरेका छन् ।

प्रधानमन्त्रीका साथ भ्रमण दलमा रहेका सदस्यहरूले पनि संग्रहालयको अवलोकन गरे । संग्रहालयमा चीनको जनवादी क्रान्तिदेखि आधुनिक चीनको विकास यात्रासम्मका विविध पक्षबारेका सामग्री हेर्न सकिन्छ ।

प्रधानमन्त्रीसहितको भ्रमण दल बिहीबार दिउँसो स्वदेश फर्किंदै छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  २३:२६
प्रतिक्रिया दिनुहोस्