site stats
बाह्रखरी :: Baahrakhari
देश
शौचालयमा लडेर युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

हेटौँडा । मकवानपुरमा शौचालयमा लडेर बुधबार (आज) बिहान एक युवकको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–६, कल्याणटार निवासी २८ वर्षीय उद्धव राईको मृत्यु भएको हो ।

लडेर बेहोस भएका राईलाई उपचारका निम्ति हेटौँडा अस्पतालमा लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालले बताए । रासस

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  ०९:५७
प्रतिक्रिया दिनुहोस्