site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
२० अंकले बढ्यो नेप्से, ट्रेडिङ क्षेत्रमा ९.७ प्रतिशतको वृद्धि

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार १९.९७ अंकले बढेको छ । नेप्से ०.७२ अंकले बढेर २७५८.०४ को विन्दुमा पुगेको छ ।

यस दिन १० अर्ब ५४ करोड १७ लाख ४६ हजार रुपैयाँमा दुई करोड ३० लाख ११ हजार ३६१ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

तारागाउँ रिजेन्सी होटेल, विशालबजार कम्पनी र खानीखोला हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्य ८.७२ प्रतिशतले घटेको छ ।

कारोबारमा रहेका १३ उपसमूहमध्ये नौवटाको समूहगत परिसूचक बढेको छ । सबैभन्दा धेरै व्यापार कम्पनीहरूको समूहगत परिसूचक ९.७० प्रतिशतले बढेको छ । दोस्रोमा होटेल क्षेत्र ४.९९ प्रतिशतले बढेको छ ।

फाइनान्स क्षेत्रको समूहगत परिसूचक १.९७ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १५:३६
प्रतिक्रिया दिनुहोस्