site stats
बाह्रखरी :: Baahrakhari
देश
रामेछापमा गाडी दुर्घटना, पाँच जनाको घटनास्थलमै मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । रामेछापको गाडी दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–६ सिमलडाँडा भीरमा फोर्स गाडी दुर्घटना भएको हो ।

ना १ ज ७१२३ नम्बरको गाडीमा सवार पाँच जनाको घटनास्थलमै मृत्यु भएको रामेछाप प्रहरीले जनाएको छ । चौध सिट क्षमता भएको गाडीमा आठजना सवार रहेको खुलेको छ । थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १५:४०
प्रतिक्रिया दिनुहोस्