site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य फेरि बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य पुनः बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा १६ सय रुपैयाँ बढेको छ । 

आज प्रतितोला एक लाख ५० हजार ९ सय रुपैयाँमा सुन कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँ बढेर एक हजार ८४५ रुपैयाँ पुगेको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  ११:१६
प्रतिक्रिया दिनुहोस्