site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
जनकपुर र अयोध्यालाई हवाई सेवामार्फत जोड्ने प्रयासमा छौँ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जनकपुर र अयोध्यालाई हवाई सेवाको मध्यायमबाट समेत जोड्नु पर्ने बताएका छन् ।

बुधबार त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागले आयोजना गरेको विश्वफलक पर राम (साहित्यक, सामाजिक एवं संस्कृतिको सन्दर्भमा) अन्तरविषयी अन्तर्राष्ट्रिय संगोष्ठिमा मन्त्री पाण्डेले धार्मिकरुपले जोडिएको सम्बन्धलाई हवाई सेवाका माध्यमबाट समेत अघि बढाउनु पर्ने बताएका हुन् ।
 
यसका लागि मन्त्रालयले तयारी गरिरहेको मन्त्री पाण्डेको भनाइ छ । मन्त्री पाण्डेले अहिलेको अवस्थामा रामको मार्गदर्शन झनै फैलिँदै गएको बताउँदै विश्वभर रहेका नेपाली र भारतीय नागरिकले राम तत्वको पुनः जागरणमा योगदान गर्नुपर्नेमा जोड दिए । 
 

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १५:२३
प्रतिक्रिया दिनुहोस्