site stats
बाह्रखरी :: Baahrakhari
कला
पहिलोपटक घरबाहिरको चलचित्रमा काम गर्दै सुहाना

काठमाडौं । चलचित्र ‘परालको आगो’मा अभिनेत्री सुहाना थापा अनुबन्धित भएकी छन् । 

निर्माता सुशील पोखरेलले सुहानालाई शुक्रबार चलचित्रमा अनुबन्धित गरेकी हुन् । कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा केन्द्रित रहेर यो चलचित्र बन्न लागेको हो । 

चलचित्रमा अनुबन्धित भएपछि सुहानाले भनिन्, “एउटा अमर कृतिमा काम गर्न पाउनु मेरो लागि सौभाग्य हो । त्यहीकारण मैले घरबाहिरको चलचित्र पहिलोपटक साइन गरेँ ।” 

‘परालको आगो’लाई निर्देशक लक्ष्मण सुनारले निर्देशन गर्नेछन् । 

निर्माता पोखेलले चलचित्रको प्रदर्शन २०८२ को दसैँमा हुनेछ । यही कृतिमा र यही नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले चलचित्र निर्माण गरेका थिए ।

निर्माता पोखरेलले यसपटक लोकेसन, प्रस्तुतिकरण र पटकथालाई फरक किसिमले प्रस्तुत गरिने बताएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १८:३९
प्रतिक्रिया दिनुहोस्