site stats
बाह्रखरी :: Baahrakhari
देश
राहदानीको तथ्यांक व्यवस्थापनमा समस्या, सेवा प्रभावित

काठमाडौं । राहदानीको तथ्यांक व्यवस्थापनमा केही समस्या देखिएपछि सेवा प्रभावित भएको छ ।

राहदानी विभाग, जिल्ला/इलाका प्रशासन कार्यालय र विदेशिस्थित नेपाली नियोग सबैतिर राहदानी सेवा प्रवाह प्रभावित भएको छ ।

“राहदानीको तथ्यांक व्यवस्थापनमा केही समस्या देखा परेको कारण रादहानी विभाग, जिल्ला÷इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगमा समेत राहदानी सेवा प्रवाह प्रभावित हुन पुगेको छ,” परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले शुक्रबार एक सूचना जारी गर्दै भनेको छ ।

उक्त समस्या समाधानका लागि प्राविधिकहरूको टोलीले निरन्तर काम गरिरहेको र छिटै सेवा पुनः सुचारु गरिने विभागले जनाएको छ ।

समस्याका कारण सेवाग्राहीमा पर्न गएको असुविधाप्रति विभागले क्षमा मागेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १६:५१
प्रतिक्रिया दिनुहोस्