site stats
बाह्रखरी :: Baahrakhari
कला
दीपेन्द्रको ‘दुखी आत्मा’ फागुन २ मा रिलिज 

काठमाडौं । चलचित्र ‘दुखी आत्मा’ले रिलिज डेट लिएको छ । निर्देशक दीपेन्द्र लामाका अनुसार यो चलचित्र फागुन २ गते रिलिज हुनेछ । 

दीपेन्द्रको लेखन तथा निर्देशन रहेको चलचित्रमा दयाहाङ राई मुख्य भूमिकामा छन् । दयाहाङसँगै आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, रेयर राईलगायतको अभिनय छ । 

हिमाल कडरिया निर्माता रहेका चलचित्रका कार्यकारी निर्मातामा सुदीप ढकाल छन् । आलोक सुक्लाको डीओपी रहेको चलचित्र आरआर फिल्मसले वितरण गर्नेछ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १४:०८
प्रतिक्रिया दिनुहोस्