site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सडकमान्छेको गीत

श्याम लम्साल


कहीँ आफ्ना भएका भए
एउटा साथी हुन्थ्यो बोल्ने,
यो धरामा
कहीँ आफ्ना भएका भए
गाँस माग्न हुन्थ्यो खाने,
बास माग्न हुन्थ्यो बस्ने

कोही न कोही आफ्ना भएका भए
बिसाउन हुन्थ्यो मनका वह,
दुःखका भारी
कोही न कोही केही न केही
आफ्ना भइदिएका भए
मन बुझाउने ठाउँ हुन्थ्यो,
कोही छ मेरो पनि भन्ने

कोही न कोही केही न केही
आफ्नो नभइदिएका बेला
राज्य आफ्नो भइदिएको भए
अभिभावकत्वको ओत लाग्ने आश्रय हुन्थ्यो ।

(दिंगला, भोजपुर)

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  ०६:४२
प्रतिक्रिया दिनुहोस्