site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पलाई इजरायली प्रधानमन्त्री नेतान्याहुले भने– इतिहासमा सबैभन्दा ठूलो पुनरागमन

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति चुनावमा भएको मतगणनाबीचमा डोनाल्ड ट्रम्पलाई विजयी भएको भन्दै बधाई दिएका छन्

नेतान्याहुले इन्स्टाग्राममा लेखेका छन्, “इतिहासमा सबैभन्दा ठूलो पुनरागमनको लागि बधाई ।”

“ह्वाइट हाउसमा तपाईंको ऐतिहासिक फिर्ती अमेरिकाको लागि नयाँ सुरुवात हो । यसले इजरायल र अमेरिकाबीच रहँदै आएको मजबुत गठबन्धनप्रतिको प्रतिबद्धता दोहोर्‍याउँछ । यो ठूलो विजय हो । तपाईंका सच्चा साथीहरू– बेन्जामिन र सारा नेतान्याहु,” उनले भनेका छन् ।

फ्लोरिडामा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै डोनाल्ड ट्रम्पले आफ्नो जितको घोषणा गरिसकेका छन् । तर, उनको जितको औपचारिक घोषणा भने भइसकेको छैन ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १५:०७
प्रतिक्रिया दिनुहोस्