site stats
बाह्रखरी :: Baahrakhari
कला
अर्जुनकुमार भन्छन्– ‘सानो संसार’ अन्यायमा पर्‍यो

काठमाडौं । चलचित्र ‘सानो संसार’ अन्यायमा परेको निर्माता अर्जुनकुमारले बताएका छन् । आफ्नो चलचित्रमा हाउसफूल दर्शक हुँदाहुँदै पनि प्रदर्शकले शो नदिएको उनको गुनासो छ । 

“हाम्रो चलचित्र सानो संसारले जति शो पाएको छ, सबै शो हाउसफूल छन् । हलहरूले एक÷एक शो दिएका कारण दर्शकले हेर्न पाउनु भएन,” अजुर्न भन्छन्, “सिनेमामा दर्शक आउनु भएन र चलेन भने बेग्लै कुरा । तर चलिरहेको चलचित्रले दर्शक नपाउनु अन्याय भएन र ?” 

दर्शकले हेर्न चाहेको सिनेमालाई शो दिने दायित्वबाट हल सञ्चालक भाग्न नहुने उनको भनाइ छ । “सञ्चार माध्यमबाट पनि मेरो सिनेमा बेवास्थामा पर्यो,” अर्जुन गुनासो गर्छन्, “राम्रो सिनेमाले जति कभरेज पाउनुपर्ने हो पाएन ।” 

सिद्धार्थ पुडासैनीको निर्देशनमा निर्माण भएको सिनेमामा सीतादेवी तिमिल्सेना, राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल, शिशिर सिवाकोटी, सरिता भण्डारी, जीवन गौतमलगायतको अभिनय छ । यी सबै कलाकारको यो डेव्यु सिनेमा समेत हो ।

राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मुभिजको व्यानरमा सिनेमा निर्माण भएको छ । अर्जुन कुमार निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता माधव वाग्ले हुन् । 

सिद्धार्थ पुडासैनीलाई सिनेमाको कथा लेखनमा सरिष्मा खत्रीले सघाएकी छन् । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १३:४६
प्रतिक्रिया दिनुहोस्