site stats
बाह्रखरी :: Baahrakhari
कला
चलचित्र ‘महापुरुष’ युट्युबमा रिलिज

काठमाडौं । चलचित्र ‘महापुरुष’ युट्युबमा रिलिज भएको छ । तिहारको अवसर पारेर बिहीबार चलचित्र युट्युबमा रिलिज भएको हो ।

प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्रमा हरिवंश आचार्य, गौरी मल्ल, रवीन्द्रसिंह बानिया, राजाराम पौडेल, मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री, अञ्जना बराइलीलगायत कलाकार मुख्य भूमिकामा छन् । 

प्रदीप भट्टराई स्वयंको कथा लेखन रहेको चलचित्र हलमा दर्शकले मन पराएका थिए । यसअघि यो चलचित्र ओटीटीमा पनि रिलिज भएको थियो । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१  ०७:२३
प्रतिक्रिया दिनुहोस्