site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
धनतेरसलाई चाँदीको सिक्का बिक्री सुरु

काठमाडौं । धन्तेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले चाँदीको सिक्का बिक्री सुरु गरेको छ । 

बैंकले काठमाडौंको बबरमहलस्थित टक्सार महाशाखाबाट लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित सिक्का बिक्री सुरु गरेको टक्सार महाशाखाका उपनिर्देशक पिताम्वर पोखरेलले जानकारी दिए । 

सुनको असर्फि भने मंगलबार एकदिन मात्रै बिक्री गरिने उनले बताए । बैंकले १० ग्रामको लक्ष्मी मेडालियन, गणेश मेडालिनयन, गजलक्ष्मी र गाई मेडालियनको दर २२ सय रुपैयाँ तोकेको छ भने गाई मेडालियन २५ ग्रामको मूल्य ५५ सय रुपैयाँ तोकिएको पोखरेलले बताए ।

सुनको असर्फि नागरिकताका आधारमा एक व्यक्तिलाई एक थानका दरले पहिले आउनेलाई प्राथमिकता दिएर बिक्री गर्ने उनले जानकारी दिए । बैंकले धन्तेरसलाई लक्षित गर्दै हरेक वर्ष सुन र चाँदीका सिक्का बिक्री वितरण गर्दै आएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १३:४१
प्रतिक्रिया दिनुहोस्