site stats
बाह्रखरी :: Baahrakhari
देश
पाँच लाखसहित एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । स्रोत नखुलेको नगद पाँच लाख रुपैयाँसहित रौतहटबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहारका ४८ वर्षीय त्रिभुवनप्रसाद चौधरी छन् ।

गौर नगरपालिका–२ स्थित दशगजा जाने बाटोबाट आइतबार (हिजो) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नेपालबाट भारततर्फ साइकलमा जाँदै गरेका उनलाई उक्त रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १२:२८
प्रतिक्रिया दिनुहोस्