site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नौ अंकले घटेर २६१७ विन्दुमा नेप्से, चार अर्ब ७३ करोडको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक साताको पहिलो कारोबार दिन आइतबार ९.१९ अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक ०.३४ प्रतिशतले घटेर २६१७.९५ विन्दुमा बन्द भएको हो ।

यस दिन ९२ कम्पनीको सेयर मूल्य बढेको छ । १४० कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेट लिमिटेड, रिभर फल्स पावर लिमिटेड र माईखोला हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ । नेपाल एसबीआई बैंक लिमिटेडको सेयर मूल्य ६.७९ प्रतिशतले घटेको छ ।

आइतबार चार अर्ब ७३ करोड २४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । गएको साताको बिहीबार पाँच अर्ब ४१ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १५:३४
प्रतिक्रिया दिनुहोस्