site stats
बाह्रखरी :: Baahrakhari
कला
‘राजागंज’ चैत १ गतेबाट प्रदर्शनमा आउने

काठमाडौं । चलचित्र ‘राजागंज’ चैत १ गतेबाट प्रदर्शनमा आउने भएको छ । विश्वका ठूला फेस्टिभलहरू भेनिस, ह्याम्बर्ग, बुसान, मुम्बईजस्ता फिल्म फेस्टिभलमा पुगेको चलचित्र ‘राजागंज’ नेपालमा चैत १ गतेबाट प्रदर्शनमा आउने भएको हो । 

नेपालमा ‘राजागंज’ शीर्षकमा प्रदर्शन हुने यो चलचित्र देश बाहिर भने ‘पूजा, सर’ नामबाट प्रिमियर भएको थियो । रामबाबु गुरूङ, दयाहाङ राई र भारतीय निर्माता निर्देशक अनुराग कश्यप यो चलचित्रका प्रमुख निर्माताहरू हुन् ।

यो चलचित्रलाई निर्देशक दीपक रौनियारले निर्देशन गरेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १२:४९
प्रतिक्रिया दिनुहोस्