site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य एक लाख ६५ हजार पुग्यो, चाँदी पहिलोपटक दुई हजारभन्दा माथि 

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन एक लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य यो हालसम्मकै उच्च हो ।

यसअघि गत शुक्रबजार एक लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला ६०० रुपैयाँ बढेर कारोबार भएको हो ।

आज चाँदीको मूल्यले पनि ९५ रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको छ । चाँदी दुई हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदीको मूल्य यो हालसम्मकै उच्च हो । गत शुक्रबार चाँदी एक हजार ९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।  

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १०:५७
प्रतिक्रिया दिनुहोस्