site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
'संसद्को आगामी अधिवेशनबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको कानुन संशोधन हुन्छ'

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संघीय संसद्को आगामी अधिवेशनबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको कानूनलाई सामूहिकरूपले संशोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

बुधबार प्रहरी प्रधान कार्यालयमा ६९औँ नेपाल प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको कानूनलाई समसामूहिकरूपले संशोधन गर्ने बताए ।

उनले दुवै सुरक्षा फौजका लागि नयाँ कानून निर्माण गरेर एउटा समसामुहिक कानून बनाइने बताए । नेपाल प्रहरीको संगठन सुदृढ गर्न विद्यमान कानूनी व्यवस्थालाई प्रतिस्थापन गरी नयाँ कानूनको मस्यौदा गरिने उनको भनाइ छ ।

उनले संक्रमणकालीन न्यायको विषयलाई पनि सम्बोधन गर्नका निमित्त आयोगहरू गठन गर्ने गरी कानून निर्माण गर्ने कार्य भइसकेको बताए । उनले उक्त कानूनमा सशस्त्र द्वन्द्वको क्रममा ज्यान गुमाएका नेपाल प्रहरीलगायत सुरक्षा निकायका व्यक्तिका परिवारलाई पनि पीडितका रूपमा परिभाषित गर्दै पीडितकै सरह परिपूरण प्राप्त गर्ने हकलाई कानूनमा सुनिश्चित गरिएको जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  २०:०५
प्रतिक्रिया दिनुहोस्