site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य एकै दिन १४ सय रूपैयाँ बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक हजार ४०० रुपैयाँ बढेर एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

दसैँअघिको अन्तिम कारोबार दिन भने छापावाल सुन प्रतितोला एक लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ बढेर एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघिको कारोबार दिन चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।  

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  ११:१०
प्रतिक्रिया दिनुहोस्