site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो एम–कार्ड सेवा

काठमाडौं । माछापुच्छ्रे बैंकले एम कार्डको सेवा सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएको कार्डमार्फत ग्राहकले पर्सनलाइज्ड कार्डमा अंकित तस्बिरप्रतिको प्रेमभाव, सम्मान तथा आस्था दर्शाउन उत्तम माध्यमको रूपमा आत्मसात गर्न सक्नेछन् ।

बैंकको २४औँ वार्षिकोत्सवको अवसरमा हालै यो एम कार्ड जारी गर्दा ग्राहकलाई जारी शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ ।

माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाका अनुसार एम कार्ड सेवाको शुभारम्भले भिसा कार्डको सुविधा तथा सुरक्षा अनुभव यथावत् राख्दै ग्राहकहरूलाई आफ्नो व्यक्तित्व तथा व्यक्तिगत रुची अभिरुचीहरू पर्सनलाइज्ड कार्डमार्फत प्रकट गर्ने अवसर प्रदान हुनेछ ।

माछापुच्छ्रे बैंक ग्राहक केन्द्रित डिजिटल सेवा विस्तार गर्न निरन्तर अग्रसर छ र ग्राहकहरुको बैकिङ अनुभवलाई थप उत्कृष्ट बनाउन बैकले एम कार्ड सेवामार्फत अर्को एक कदम अघि सारेको हो ।

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  २२:४३
प्रतिक्रिया दिनुहोस्