site stats
बाह्रखरी :: Baahrakhari
देश
महोत्तरीमा युवतीको शव फेला
प्रतीकात्मक तस्बिर ।

महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका–५, टुटेश्वर मन्दिरनजिकै एक युवतीको शव फेला परेको छ । मन्दिरनजिकको वनक्षेत्रमा अन्दाजी २० वर्षीया युवतीको शव आज फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

कालो भेस्ट र निलो जिन्स लगाएकी युवतीको हत्या भएको हुनसक्ने अनुमानमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । प्रहरीले शव परीक्षणका लागि बर्दिवास अस्पताल लगेको छ । शव परीक्षण रिपोर्टले घटनाबारे अनुसन्धान गर्न थप सहयोग पुग्ने प्रनाउ पोखरेलको भनाइ छ । रासस

 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  २०:५१
प्रतिक्रिया दिनुहोस्