site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीले सांसदको १५ दिनको तलब कोषमा जम्मा गर्ने 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सांसदहरूको १५ दिनको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा जम्मा गर्ने भएको छ । 

पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले असोज ११ र १२ गते परेको भारी वर्षाका कारण गएको बाढीपहिरोको प्रकोपमा राहत दिने निर्णय भएको जानकारी दिए । बाढीपहिरोका कारण ठूलो धनजनको क्षति भएको छ ।

सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले)ले पनि १५ दिनको तलब सरकारी कोषमा जम्मा गर्ने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १५:२४
प्रतिक्रिया दिनुहोस्