site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
११४.७० अंकले बढ्यो नेप्से, सात अर्ब ६१ करोडको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार उच्च अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक ११४.७० अंकले बढेर २६२३.५६ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

यस दिन नेप्से परिसूचक बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । सात अर्ब ६१ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार तीन अर्ब ७१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

आज २४३ कम्पनीको सेयर मूल्य बढेको छ । युनिलिभर नेपालको सेयर मूल्य प्रतिकित्ता ४१० रुपैयाँले घटेको छ । नेपाल ल्युब आयलको सेयर मूल्य स्थिर छ । कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ । परिसूचक सर्वाधिक वृद्धि हुनेमा फाइनान्स समूह छ । यो समूहको परिसूचक ९.७४ प्रतिशतले वृद्धि भएको छ ।

इन्भेस्टमेन्ट समूहको ६.१, हाइड्रोपावरको ५.९८, होटेल तथा पर्यटनको ५.९७, विकास बैंकको ५.४८, ‘अन्य’ समूहको परिसूचक ४.६७ प्रतिशतले बढेको छ ।

जीवन बिमा समूहको ४.१२, व्यापारको ३.९८, माइक्रोफाइनान्सको ३.९८, वाणिज्य बैंकको ३.८२, निर्जीवन बिमाको ३.०९, उत्पादन तथा प्रशोधनको २.१९ र म्युचुअल फन्ड समूहको परिसूचक १.६६ प्रतिशतले वृद्धि भएको छ ।

१८ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १५:२७
प्रतिक्रिया दिनुहोस्