site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रस्तावित प्रधानन्यायाधीश राउतको संसदीय सुनुवाइ असोज १६ मा 
फाइल तस्बिर ।

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउतको सुनुवाइ असोज १६ गते गर्ने निर्णय गरेको छ । 

आज सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । समितिले भोलि (मंगलबार) उजुरीकर्तासँग छलफल गर्ने जनाएको छ । राउतउपर ६ वटा उजुरी परेको छ ।

संवैधानिक परिषद्को भदौ ३१ गतेको बैठकले वरिष्ठताका आधारमा राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १४:०१
प्रतिक्रिया दिनुहोस्